संविधान कार्यान्वयनमा ध्यान दिए जनताका निराशाहरु कम हुँदै जान्छन्ः अध्यक्ष तिमिल्सिना
काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशाहरु कम हुँदै जाने बताएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार काठमाडौैमा आयोजना गरेको कार्यक्रममा गरेको कार्यक्रममा तिमिल्सिनाले संविधानले प्रत्याभूत गरेको हक अधिकारको कार्यान्वयन सहि ढंगले हुन नसक्दा जनतामा दलहरुप्रति निराशा छाएको भन्दै संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशाहरु कम हुँदै जाने बताएका हुन्।
उनले सरकारले संविधानअनुसारका कानुन बनाउन बढी ध्यान दिनुपर्नेमा जोड दिए। बनाउनुपर्ने कानुनको सरकारी विधेयक आउन नसकेको र गैरसरकारी विधेयक आउने वातावरण नै नरहेको उनको भनाइ छ। उनले संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको धारणा राखे।
कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले नागरिकको अधिकारको संरक्षणका लागि कानून निर्माण गर्दै प्रभावकारी कार्यान्वन हुन जरुरी रहेको बतए।







डिसी नेपाल








Facebook Comment