भूकम्पका घाइतेको अवस्था बुझ्न स्वास्थ्यमन्त्री शिक्षण अस्पतालमा

डिसी नेपाल
२२ कार्तिक २०८० १७:५०
20
Shares

काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले जाजरकोट भूकम्पमा परि घाइते भइ उपचार गरिरहेकाको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बुधबार काठमाडौंको महाराजगंजस्थीत शिक्षण अस्पताल पुगेर मन्त्री बस्नेतले भूकम्पमा परि घाइते भइ उपचार गरिरहेकाका बिरामीको अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

सो क्रममा मन्त्री बस्नेतले घाइतेहरुको निशुल्क उपचार गर्न निर्देशन दिएको र उपचारपछिको शुल्क मन्त्रालयले व्यहोर्ने गरि व्यवस्था गरिएको जानकारी दिए । उनले बिरामीको उपचार ठिक ढंगले अघि बढेको पाइएको बताए ।

उनले भूकम्पपिडितको राहतका लागि पनि कुनै कमजोरी हुन नदिने जिकिर गरे । शिक्षण अस्पतालमा जाजरकोट भूकम्पमा परि घाइते भएका १० जनाको उपचार भइरहेको अस्पतालका डाक्टर दिनेश काफ्लेले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.