संघीय गणतन्त्र असफल साबित, तेस्रो जनआन्दोलन आबश्यक : कमल थापा
पोखरा। राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिगत १७ बर्षको अनुभबबाट संघीय गणतन्त्र असफल साबित भएको दाबी गरेका छन्।
शुक्रबार पोखराको चाउथे चोकमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अब यो ब्यबस्था सुधारिने कुनै सामान्य संकेत पनि नदेखिएकोले ब्यबस्था र अबस्था परिबर्तनको लागि जनआन्दोलको अपरिहार्य भएको बताए।
सम्पूर्ण रोग,भोक,अशिक्षा र गरिबीको जड राजसंस्था, हिन्दराष्ट्र र एकात्मक शासन हो भनी निर्माण गरिएको गलत भाष्यले मुलुकलाई संकटको भुमरिमा फसाएको उनको टिप्पणी थियो।
थापाले बिदेशी दबाब र प्रभाबमा जनताको अभिमत बिना मुलुकको राष्ट्रिय धरोहरहरुलाई भत्काउने काम भएकोमा आपत्ति प्रकट गर्दै उनले षड्यन्त्र पुर्बक जबर्जस्ती लादिएको राज्य प्रणालीको आयु लामो नहुने समेत जिकिर गरे।
सबै अटाउने राज्य प्रणाली र ब्यबस्था आजको आबश्यकता भएको चर्चा गर्दै थापाले अहिले मुलुकमा चलिरहेको भ्रष्टाचारको चक्रलाई तोड्न आन्दोलनको बिकल्प नभएको समेत उनले बताए।
राप्रपा नेपालले आन्दोलनको तयारी गरिरहेकोले सबै राष्ट्रबादी शक्तीहरु एक ठाउँमा बसेर मुलुकलाई बिकल्प दिनुपर्ने उनको धारणा थियो। कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल , महामन्त्रीद्वय राजाराम बर्तौला, कृष्ण कार्की ,बिश्वराज पौडेल ,दान बहादुर गुरुङ , चिना दवाडी लगायतले बोलेका थिए ।
कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य जयलाल पुन र पोखरा महानगर अध्यक्ष महेश्वर लगायत राप्रपाका नेता कार्यकर्ताका साथै नेपाली काङ्ग्रेस कास्किका पुर्ब कोषाध्यक्ष ऋषि सापकोटा,नेताहरु खेम गुरुङ्ग,गुरुदत्त पहाडी,नेबिसंघका बिराज कार्की लगायत राप्रपा नेपाल प्रवेश गरेका थिए।







डिसी नेपाल








Facebook Comment