विश्वकपमा भारत- नेदरल्याण्ड भिड्दै, हारको चिन्ता भारतलाई भन्दा बढी बङ्गलादेशलाई
काठमाडौं । दीपावलीको अवसर पारेर भारतले एकदिवसीय विश्वकप २०२३ मा आज नेदरल्याण्ड्सको सामना गर्दैछ। एम चिन्नास्वामी स्टेडियम बैंगलोरमा दिउँसो २ बजे सुरु हुने खेलको दिउँसो १:३० बजे टस हुनेछ । दुवै टोलीले लिग चरणको ४५ औं र अन्तिम खेल खेल्नेछन् ।
प्रतियोगितामा लगातार ८ खेल जितेर सेमिफाइनलमा पुगेको भारतीय टोली पहिलो पटक विश्वकपमा लगातार ९ खेल जित्न चाहन्छ । अर्कोतर्फ, नेदरल्याण्ड आजको खेल जितेर २०२५ च्याम्पियन्स ट्रफीका लागि छनोट हुन चाहन्छ।
आयोजक र तालिकाको शीर्ष स्थानमा रहेको भारत प्रतियोगितामा एक मात्र अपराजित टोली हो। टोलीले ८ मध्ये ८ खेल जितेको छ र अब ९औं खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
भारत १६ अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्यान्ड १० नम्बरमा छ । नेदरल्याण्ड्सले ८ खेलमा २ खेल मात्र जित्न सकेको छ भने टोलीको ४ अंक मात्र छ ।
आजको खेलमा भारत हार्छ कि भन्ने चिन्ता भारतलाई भन्दा बढी बंगलादेशलाई छ । आजको खेल हारेमा भारतलाई सबै खेल जितेर सेमिफाइनल पुग्ने चाहना पूरा नहुने बाहेक अरू खासै फरक पर्ने छैन । तर, सबैभन्दा ठूलो चिन्ता बंगलादेशलाई छ ।
आज भारत हार्दा नेदरल्याण्ड २०२४ च्याम्पियन्स ट्रफीमा छनोट हुनेछ र बंगलादेश बाहिरिनेछ । २०२४ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा ८ टिम मात्र हुनेछन् । अहिलेको विश्वकपका शीर्ष आठ टोली मात्र च्याम्पियन्स ट्रफी खेल्न पाउने हुँदा आज नेदरल्याण्डले जितेमा नेदरल्याण्ड आठौं स्थानमा रहँदै छनोट हुनेछ र बंगलादेश नवौं स्थानमा झर्दै बाहिरिनेछ ।
अहिलेसम्म भारत र नेदरल्यान्ड्सबीच मात्र २ ओडिआई खेलल भएको छ । विश्वकपमा भारतले दुवै पटक जित्यो । सन् २००३ मा भारत ६८ रनले र २०११ मा ५ विकेटले विजयी भएको थियो ।







डिसी नेपाल







Facebook Comment