दुई गोल गर्दै लेवानडोस्कीले बार्सिलोनालाई जिताए

डिसी नेपाल
२८ कार्तिक २०८० ६:४०
56
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए। त्यस्तै आल्भेजका लागि सामु ओमोरोडियोनले पहिलो मिनेटमै गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएका थिए।

यो यस सिजनमा बार्सिलोनाको नवौं जित हो। यो जितपछि १३ खेलमा ३० अंक भएको बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ।

त्यस्तै आल्भेजको भने यो हारपछि १३ खेलमा १२ अंक रहेको छ र लिगमा १५औं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.