बाबर आजमले दिए कप्तानबाट राजीनामा
काठमाडौं । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले कप्तानी पदबाट राजीनामा दिएका छन्। बुधबार बाबरले सामाजिक सञ्जालमार्फत् कप्तान पद त्यागेको घोषणा गरेका छन् ।
भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानको खराब प्रदर्शन पछि आलोचना खेपेका बाबरले आज राजीनामा घोषणा गरेका हुन् । उनी सन् २०२० देखि पाकिस्तानी टाेलीकाे कप्तान रहेका थिए ।
विश्वकपको सेमिफाइनल पुग्न नसकेको पाकिस्तानले समूह चरणमा ९ खेल मध्ये ४ खेलमा मात्र जित निकालेको थियो।
— Babar Azam (@babarazam258) November 15, 2023
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment