चारदेशीय महिला टी-२०: नेपालको सामना आज हङकङसँग

डिसी नेपाल
३० कार्तिक २०८० ७:२९
64
Shares

काठमाडौं। नेपाल चारदेशीय महिला टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक हङकङको सामना गर्दैछ।

सिरिजको पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको नेपालले दोस्रो खेलमा आज हङकङसँग खेल्न लागेको हो। यो खेल नेपाली समय अनुसार ११: ४५ बजेदेखि शुरु हुदैछ।

बुधबार सम्पन्न खेलमा हङकङले जापानलाई ९ विकेटले पराजित गरेको थियो। त्यस्तै आज जापानले तान्जानियासँग विहान ७: १५ बजेदेखि शुरु हुँदैछ।

यस सिरिजमा नेपालले अर्को खेल जापानसँग शनिबार खेल्ने तालिका रहेको छ। चार देश एकअर्काविरुद्ध एक एक पटक खेलेपछि शिर्ष दुई टोलिले फाइनल खेल्ने छन्। फाइनल खेल आइतबार हुने छ भने तेस्रो र चौथो हुने देश तेस्रो स्थानका लागि आइतबार नै खेल्ने छन्।

नेपाली महिला टिम: इन्दु बर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, संगिती राई, अश्मिना कर्माचार्य, पुजा महतो, काजोल श्रेष्ठ, कंचन श्रेष्ठ, सोमु बिष्ट, रोमा थापा, खुशी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.