माओवादी केन्द्रद्वारा सल्लाहकार श्रेष्ठको निधनप्रति शोक व्यक्त
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले आज एक विज्ञप्ति जारी गरी संविधानसभा सदस्य एवं पार्टी सल्लाहकार श्रेष्ठको ८२ वर्षको उमेरमा उपचारका क्रममा गएराति नर्भिक अस्पतालमा निधन भएकामा पार्टीका तर्फबाट शोक प्रकट गरेका हुन् ।
नेपालको कम्युनिस्ट आन्दोलनका बौद्धिक व्यक्तित्व, लेखक एवं चिन्तक कृष्णदास श्रेष्ठको जीवनसङ्गिनी महालक्ष्मी वैवाहिक जीवनपश्चात् कम्युनिस्ट आन्दोलनमा अविच्छिन्नरूपमा सक्रिय थिइन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment