कोशीमा जस्तै संघीय सरकारमा पनि सहमति आवश्यक छ : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा जस्तै संघीय सरकारमा पनि सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।
शनिवार विराटनगरमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुकको अवस्था र व्यवस्था सुधार्न सबै राजनैतिक दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । उनले लोकतन्त्रमा विरोधको स्वरलाई दबाउन नहुने जिकिर गर्दै विरोधमा उठेका आवाजहरुलाई सम्बोधन गर्दै समस्यालाई पहिचान गरेर समाधान गर्नुपर्ने बताए । डा. शेखर कोइरालाले संविधानमा उल्लेख भएका अधिकारहरु प्रदेशलाई नदिइएका कारण संघियता बद्नाम हुदै गएको धारणा व्यक्त गरे ।
उनले कर्मचारी समायोजन ऐन र प्रहरी समायोजन ऐन छिट्टै ल्याएर प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताए । उनले राजनीतिक दलका नेताहरुको एकात्मक सोचका कारण संघियता बद्नाम भईरहेको बताए ।







डिसी नेपाल








Facebook Comment