भिजन लुम्बिनीको आईपीओ बाँडफाँट

डिसी नेपाल
५ मंसिर २०८० ११:१०
488
Shares

काठमाडौं। भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको बाँडफाँट भएको छ। भिजन लुम्बिनीले सर्वसाधारणमा जारी गरेको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले कम्पनीको कार्यलयमा मंगलबार बिहान बाँडफाँट गरेको हो।

क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ६१ हजार ५२९ जनाको आवेदन परेको थियो। जसमध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य थियो भने ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको थियो।

क्यापिटलले योग्य आवेदकमध्ये गोलाप्रथाबाट २ लाख ७ हजार ५२८ जनालाई १० कित्ताको दरले सेयर बाँडफाँट गरेको छ भने बाँकी रहेको ५ कित्ता सेयर ५ जनालाई थप गरी ११ कित्ता बाँडफाँट गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.