अष्ट्रेलियाविरुद्ध टी–२० सिरिजका लागि भारतीय टोली घोषणा, सूर्य कुमार यादव कप्तान
काठमाडौं । विश्वकप सकिएपछि अष्ट्रेलियाविरुद्ध नोभेम्बर २३ बाट सुरु हुने पाँच खेलको टी–२० सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको छ ।
यस शृङ्खलामा सूर्यकुमार यादवलाई कप्तान बनाइएको छ भने पहिलो तीन खेलका लागि ऋतुराज गायकवाडलाई उपकप्तान बनाइएको छ ।
बीसीसीआई सेक्रेटरी जय शाहले जारी गरेको विज्ञप्तिमा पछिल्लो दुई टी–२० खेलमा श्रेयस अय्यर टोलीको उपकप्तान हुने बताइएको छ ।
भर्खरै सम्पन्न एकदिवसीय विश्वकप खेलेका अधिकांश खेलाडीलाई यो शृङ्खलामा विश्राम दिइएको छ ।
भारतीय टोलीमा सूर्यकुमार यादव (कप्तान), ऋतुराज गायकवाड (उपकप्तान), इशान किशन, यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिंगटन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नोई, अर्शदीप सिंह, प्रशिद्ध कृष्ण, आवेश खान र मुकेश कुमार छन् ।
यस सिरिजको पहिलो खेल नोभेम्बर २३ मा विशाखापट्टनम, दोस्रो खेल २६ नोभेम्बरमा तिरुवनन्तपुरम, तेस्रो खेल २८ नोभेम्बरमा गुवाहाटी, चौथो खेल १ डिसेम्बरमा रायपुर र पाँचौं खेल ३ डिसेम्बरमा बैंगलोरमा हुनेछ ।







डिसी नेपाल







Facebook Comment