युरोकपमा छानियो क्रोसिया

डिसी नेपाल
६ मंसिर २०८० १०:४५
1.2k
Shares

काठमाडौं। क्रोसिया युरोकप २०२४ मा छनौट भएको छ। मंगलबार राति सम्पन्न समूह डीअन्तर्गतको खेलमा अर्मेनियालाई १-० गोल अन्तरले पराजित गर्दै क्रोसिया युरोकपमा छनौट भएको हो।

क्रोसियाको जितमा खेलको ४३औँं मिनेटमा आन्ट बुडीमिरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि क्रोसियाको समूह डी मा ८ खेलमा १६ अंक भएको छ र समूह उपविजेता हुँदै युरोकपमा छनौट भएको छ। यस समूहबाट समूह विजेता हुदै टर्की युरोकपमा छनौट भएको छ।

योसँगै अब प्लेअफबाट छनौट हुने तीन देश बाहेक युरोकपमा खेल्ने २१ को टुंगो लागेको छ। युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुँदै छ।

आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समूह ए बाट स्पेन र स्कटल्याण्ड, समूह बि बाट फ्रान्स र नेदरल्याण्डस, समूह सी बाट इङल्याण्ड र इटाली छानिएका छन्।

त्यस्तै समूह डी बाट टर्की र क्रोसिया छनौट भएका छन्। त्यसैगरी समूह इ बाट अल्बानिया र चेक रिपब्लिक छनौट भएका छन् भने समूह एफ बाटबेल्जियम र अस्ट्रिया छनौट भएका छन्।

त्यसैगरी समूह जी बाट हंगेरी र सर्बिया, समूह एच बाट डेनमार्क र सर्बिया, समूह आइ बाट रोमानिया र स्वीजरल्याण्ड तथा समुह जे बाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनौट भएका छन्।

आगामी युरोकपमा म्यानचेस्टर सिटीबाट खेल्ने इर्लिंग हलाण्डको देश नर्वे भने छनौट हुन असफल भएको छ। समूह ए मा रहेको नर्वे ८ खेलमा ११ अंकसहित तेस्रो भएको थियो।

सिधै छनौट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्लेअफ समेत खेल्न नपाउने भएपछि युरोकपमा पुग्न असफल भएको हो।

अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन्।

प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ। प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुने छ भने प्लेअफका खेल आगामी मार्चमा हुने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.