नेपालगन्ज म्याराथनको तयारी पुरा

डिसी नेपाल
७ मंसिर २०८० १९:०४
24
Shares

बाँके । नेपालगन्ज म्याराथनको तयारी पुरा भएको छ । आयोजक क्रियटिभ ह्याण्डस्ले विहिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै क्रियटिभ ह्याण्डस्का संस्थापक अध्यक्ष टिएस ठकुरीले मंसिर ९ गते हुने नवौं धारा नेपालगन्ज म्याराथनसँगै मंसिर ८ गते मेघा बहसकारुपमा संचालन हुने नेपालगन्ज कनक्लेभको तयारी पनि पुरा भएको बताए । कनक्लेभमा आर्थिक, साहित्य, आधाआकाश, खेल सहितको विभिन्न विषयमा बहस हुने बताइएको छ ।

यस वर्ष म्याराथनमा पुरस्कार राशी वृद्धि गरिनुका साथै रेकर्ड ब्रेक गर्ने एक खेलाडीले लण्डन म्याराथनमा सहभागी हुन पाउने अध्यक्ष ठकुरीले बताए । ठकुरीका अनुसार उत्कृष्ट स्कोर हासिल गर्ने खेलाडीले लण्डन म्याराथनमा सहभागी हुने अवसर प्राप्त गर्ने छन् ।

नेपालगन्ज म्याराथनमा एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.