आइपिएल: मुम्बई इण्डियन्समा फर्किँदै हार्दिक पाण्डेय!

डिसी नेपाल
९ मंसिर २०८० ८:४९
420
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा अहिले खेलाडीको ट्रेडिङ भइरहेको छ। यसैबीच भारतका अल राउण्डर हार्दिक पाण्डेय बारे ठुलो अपडेट आएको छ।

क्रिकइन्फोका अनुसार हार्दिकले गुजरात टाइटन्स छोड्ने भएका छन्। हार्दिकलाई मुम्बई इण्डियन्सले किन्ने निश्चित भएको मिडिया रिपोर्टमा दाबी गरिएको छ।

दुई सिजन गुजरातको कप्तानी गर्दै खेलेका हार्दिकलाई मुम्बईले फिता ल्याउने तयारी गरेको हो। यसका लागि मुम्बईले गुजरातलाई नगद शुल्क तिर्ने सहमति भएको बताइएको छ। मिडिया रिपोर्टका अनुसार हार्दिकलाई मुम्बईले प्रति सिजन १५ करोड भारु पारिश्रमिक दिने सहमति भएको छ।

आइपिएलको खेलाडी रिटेन्सनको समय नोभेम्बर २६ अपराहन्न ४ बजेसम्म रहेकाले मुम्बईले हार्दिकलाई भित्र्याउन केही खेलाडीलाई रिलिज गर्ने बताइएको छ। जसमा ईङल्याण्डका बलर जोफ्रा आर्चरको नाम अगाडी रहेको छ।

हार्दिकले २०२२ मा गुजरातको डेभ्यु सिजनको कप्तानी गर्दै उपाधि जिताएका थिए भने २०२३ मा उपविजेता बनेका थिए।

रोहित शर्मा अब विस्तारै टी-२० क्रिकेटबाट टाढिने भएपछि मुम्बईले हार्दिकलाई नियमित कप्तान बनाउन भित्र्याउन लागेको बुझिएको छ। हाल भारतको राष्ट्रिय टिममा टी-२० कप्तान समेत रहेका हार्दिकले अब मुम्बईमा रोहितको स्थान लिनसक्ने अनुमान गरिएको छ।

हार्दिकको क्रिकेटमा उदय हुनुमा मुम्बई इण्डियन्सकै भूमिका रहेको छ। हार्दिकलाई २०१५ मा मुम्बईले १० लाख भारुमा भित्र्याएको थियो, त्यति बेला उनी राष्ट्रिय टिममा समेत पुगिसकेका थिएनन् । हार्दिक मुम्बईले १०१५, २०१७ र २०१९ मा उपाधि जित्दाका प्रमुख खेलाडी समेत थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.