केनको गोलमा बायर्न म्युनिख विजयी
काठमाडौं। जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले क्लोन क्लबलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले क्लोनलाई १-० गोल अन्तरले पराजित गरेको हो।
बायर्न म्युनिखको जितमा खेलको २० औं मिनेटमा ह्यारी केनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। ह्यारी केनको यस सिजनको लिगमा यो १८औं गोल हो।
यो जितपछि बायर्न म्युनिख लिगको शिर्ष स्थानमा उक्लिएको छ। बायर्नको १२ खेलमा ३२ अंक भएको छ। त्यस्तै एक खेल कम खेलेको लेभरकुसेनको ३१ अंक रहेको छ।
त्यसैगरी क्लोन भने १२ खेलमा ६ अंकसहित पुछारमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment