एनएसएलः पोखराले चितवनलाई १–० ले हरायो

डिसी नेपाल
९ मंसिर २०८० १६:२९
36
Shares

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनसएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई पराजित गरेको छ ।

पोखराले एफसी चितवनलाई १–० गोल अन्तरले पराजित गरेको हो । पोखराको जितमा खेलको ७२औं मिनेटमा मोसेस ग्याबा त्वामले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितसँगै पोखराले विजयी शुरुवात गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ । लिग अन्तर्गत आजै अर्को खेल बुटवल लुम्बिनी एफएसी र ललितपुर सिटी एफसीबीच हुने तालिका रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.