म्यानचेस्टर सिटी र लिभरपुल १–१ गोलको बराबरीमा

डिसी नेपाल
९ मंसिर २०८० २०:४९
64
Shares

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ । शनिबार सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

म्यानचेस्टर सिटीले इर्लिंग हालाण्डको गोलमा खेलको २७औं मिनेटमा अग्रता लिएपनि लिभरपुलले खेलको ८०औं मिनेटमा बराबरी गोल फर्काएको थियो । लिभरपुलका लागि ट्रेन्ट एलेजेन्डर आर्नोल्डले गोल गरेका थिए ।

यो बराबरीपछि म्यानचेस्टर सिटीको यो बराबरीपछि प्रिमियर लिगको अंक तालिका रोचक देखिएको छ । सिटीको बराबरीपछि अब आर्सनलले सिटीलाई उछिनेर शिर्ष स्थानमा जाने अवसर पाएको छ । आर्सनलले आजराती ब्रेन्टफोर्डविरुद्ध खेल्दै छन् ।

यो खेलपछि सिटीको १३ खेलमा २९ अंक भएको छ भने आर्सनलको १२ खेलमा २७ अंक रहेको छ । त्यसैगरी सिटीसँग एक अंक खोसेको लिभरपुलको १३ खेलमा २८ अंक भएको छ र लिगको दोस्रो स्थानमा उक्लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.