राहुल द्रविडको ठाउँमा भीभीएस लक्ष्मणलाई भारतको हेड कोच बनाउने तयारी

डिसी नेपाल
१० मंसिर २०८० १३:३९
1.1k
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप २०२३ को फाइनल खेलमा भारतीय टोली अष्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो । यो हारसँगै भारतीय टोलीको तेस्रो पटक विश्वकप क्रिकेट जित्ने सपना चकनाचुर भएको छ ।

विश्वकप सकिएसँगै मुख्य प्रशिक्षक राहुल द्रविडको सम्झौता समाप्त भएको छ । मिडिया रिपोर्टहरूका अनुसार द्रविडको अवधि थपिने सम्भावना न्युन छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पनि २०२४ को टी–२० विश्वकपलाई ध्यानमा राख्दै एनसीए प्रमुख भीभीएस लक्ष्मणलाई यो जिम्मेवारी सुम्पने विचार गरिरहेको छ ।

बीसीसीआईका शीर्ष अधिकारी र राहुल द्रविडबीच मुख्य प्रशिक्षकको मुद्दामा गहिरो छलफल भएको थियो। द्रविडले ब्रेक लिएपछि भीभीएस लक्ष्मण मुख्य प्रशिक्षकको भूमिकामा देखिने सम्भावना उच्च छ । ४९ वर्षीय लक्ष्मणले अस्ट्रेलियाविरुद्धको हालको टी–२० सिरिजमा पनि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.