यु-१९ एसिया कपका लागि उदय सहारनको कप्तानीमा भारतीय टोली घोषणा
काठमाडौं । यूएईमा हुने यू–१९ एसिया कप २०२३ का लागि भारतीय टोलीको घोषणा गरिएको छ । बीसीसीआईको जुनियर क्रिकेट छनोट समितिले १५ सदस्यीय सूची घोषणा गरेको हो । उदय सहारनले यू–१९ एसिया कपमा भारतीय टोलीको कप्तानी गर्नेछन् ।
१९ वर्षीय उदय सहारन राजस्थानका बासिन्दा हुन् र गत अन्डर-१९ विश्वकपमा स्ट्यान्डबाइका रूपमा छनोट भएका थिए। छनोटकर्ताले अन्डर-१९ विश्वकपका लागि तीन खेलाडीलाई स्ट्यान्डबाइको रूपमा छानेका छन् । चार खेलाडी रिजर्भमा रहनेछन् । रिजर्भ खेलाडीहरू टोलीसँग यात्रा गर्दैनन्।
एसिया कपका लागि भारतको अन्डर-१९ टोलीमा अर्शिन कुलकर्णी, आदर्श सिंह, रुद्र मयुर पटेल, सचिन धस, प्रियांशु मोलिया, मुशीर खान, उदय सहारन (कप्तान), अरावेल्ली अवनीश राव (विकेटकीपर), सौम्य कुमार पाण्डे (उपकप्तान), मुरुगन अभिषेक, इनेश महाजन (विकेटकिपर), धनुष गौडा, आराध्य शुक्ला, राज लिम्बानी र नमन तिवारी छन् । ट्राभलिङ स्ट्यान्डबाइ खेलाडीहरू प्रेम देवकर, अंश गोसाई, मोहम्मद अमान छन् ।
एसिया कप डिसेम्बर ८ बाट सुरु हुँदैछ । यस प्रतियोगितामा भारतको पहिलो खेल ८ डिसेम्बरमा अफगानिस्तानसँग हुनेछ । त्यसपछि डिसेम्बर १० मा भारतले कट्टर प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्नेछ। भारतीय टोलीले डिसेम्बर १२ मा नेपालसँग खेल्नेछ । प्रतियोगिताको फाइनल खेल १७ डिसेम्बरमा दुबईमा हुनेछ ।







डिसी नेपाल







Facebook Comment