अन्यायविरुद्ध निरन्तर आवाज उठाउनुपर्छः नारायणमान बिजुक्छे
फाइल
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अन्यायविरुद्ध निरन्तर आवाज उठाउनुपर्ने बताएका छन्।
‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नाराका साथ भक्तपुरमा आज सम्पन्न ४३औँ नेपाल भाषा साहित्य तःमूज्यामा उत्कृष्ट सांस्कृतिक एवं साहित्यकारहरुलाई आज पुरस्कार प्रदान गर्दै यस्तो बताएका हुन्।
अध्यक्ष बिजुक्छेले अन्यायविरुद्ध लड्न नसके शक्ति राष्ट्रले हेप्ने भएकाले किताबमा लेखेर, अखबारमा छापेर, जुलुस गरेर निरन्तर आवाज उठाइरहनुपर्ने बताए।
नेमकिपा सचिव एवं सांसद प्रेम सुवाल, बागमती प्रदेशसभा सदस्यहरु सुरेन्द्रराज गोसाई, सृजना सैँजू, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, तःमूज्याका अध्यक्ष आशाकुमार चिकंबन्जार लगायतले भाषा र साहित्यबाट पनि अन्यायविरुद्ध आवाज उठाउनुपर्ने बताए।







डिसी नेपाल








Facebook Comment