ग्लोबल आइएमई बैंकको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

डिसी नेपाल
१२ मंसिर २०८० १०:५१
436
Shares

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांशसुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन र बुधबार बुकक्लोज गर्न लागेको बैंकले जनाएको छ।

जसअनुसार मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

मंगलबारसम्म सेयर खरिद गरेका सेयरधनीले बैंकले वितरण गर्ने लाभांश पाउने छन्। २८ मंसिरका लागि बैंकले १७ औँ वार्षिक साधारण सभा बोलाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.