च्याम्पियन्स लिग: न्यूक्यासलसँग हारबाट जोगियो पिएसजी

डिसी नेपाल
१३ मंसिर २०८० ११:२२
280
Shares

काठमाडौं। पिएसजी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा हारबाट जोगिएको छ। मंगलबार राति सम्पन्न समूह एफअन्तर्गतको खेलमा पिएसजी किलियन एम्बाप्पेको गोलबाट न्यूक्यासलसँग हारबाट जोगिएको हो।

एम्बाप्पेले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै न्यूक्यासलसँग १-१ को बराबरी गरेका थिए। यसअघि न्यूक्यासलका लागि अलेजान्दर इसकले खेलको २४ औँ मिनेटमा गोल गर्दै न्यूक्यासललाई शुरुवाती अग्रता दिलाएका थिए।

यसै समूहको अर्को खेलमा डोर्टमण्डले एसी मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो।

यस च्याम्पियन्स लिगको ग्रुप अफ डेथ मानिएको समुह एफबाट डोर्टमण्डले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ भने दोस्रो टिमको टुंगो अन्तिम खेलबाट लाग्ने भएको छ। हाल पिएसजी ५ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ भने न्यूक्यासल र एसी मिलानको ५-५ खेलमा ५-५ अंक रहेको छ र क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन्।

अब अन्तिम खेलमा पिएसजीले डोर्टमण्डको सामना गर्ने छ भने न्यूक्यासलले मिलानको सामना गर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.