भारतका कोच राहुल द्रविडसहित सबै सपोर्ट स्टाफको कार्यकाल थपियो

डिसी नेपाल
१३ मंसिर २०८० १६:२८
884
Shares

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधवार सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल थपेको घोषणा गरेको छ ।

द्रविडसँगै टोलीका ब्याटिङ प्रशिक्षक विक्रम राठौर, बलिङ प्रशिक्षक पारस म्हाम्ब्रे, फिल्डिङ प्रशिक्षक आर श्रीधरलगायत सबै सपोर्ट स्टाफको कार्यकाल थप गर्ने निर्णय भएको छ ।

राहुल द्रविडसहित सबै सपोर्ट स्टाफको सम्झौता हालै विश्वकपसम्म सकिएको थियो । त्यसपछि यी पदमा कसलाई ल्याइने भन्ने अड्कलबाजी भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.