एनएसएल : ललितपुर र पोखरा थन्डर्सबीचको खेल बराबरीमा

डिसी नेपाल
१३ मंसिर २०८० २०:२५
20
Shares

काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका हुन् । खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले एक–एक अङ्क बाँडेका छन् ।

त्यस्तै दुवै टोलीले यसअघि भएको पहिलो खेलमा जित हात पारेका थिए । यस खेलसँगै दुवै टोलीको समान दुई खेलमा समान चार–चार अङ्क जोडेका छन् ।

उक्त प्रतियोगिताअन्तर्गत भोलि धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.