च्याम्पियन्स लिग: लेन्सविरुद्ध आर्सनलको ६ गोल
काठमाडाैं। युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले लेन्समाथि फराकिलो जित हासिल गरेको छ। गएराति सम्पन्न समूह ए अन्तर्गतको खेलमा आर्सनलले लेन्समाथि ६-० को फराकिलो जित हासिल गरेको हो।
आर्सनलको जितमा काइ हाभेर्ट, गाब्रियल जिसस, बुकायो साका, गाब्रियल मार्टिनेली, मार्टिन ओडेगार्ड र जर्जिन्होले एक एक गोल गरेका थिए। त्यसैगरी यसै समुहको गएराती भएको अर्को खेलमा सेभिया भने पीएसभीसँग ३-२ गोल अन्तरले पराजित भएको छ। यस खेलमा सेभियाका दुई खेलाडीले रातो कार्ड पाएका थिए।
अब अन्तिम चरणका खेल खेल्न बाँकी रहदा समूह ए मा आर्सनलको ५ खेलमा १२ अंक भएको छ र राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। त्यस्तै समूह ए बाट पीएसभीको ५ खेलमा ८ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ।
त्यसैगरी लेन्सको ५ खेलमा ६ अंक रहेको छ र समूहमा तेस्रो स्थानमा छ भने सेभियाको ५ खेलमा केवल २ अंक रहेको छ। सेभियाको च्याम्पियन्स लिगमा अर्को चरणमा पुग्ने सम्भावना समाप्त भएको छ।
अब समूह चरणको अन्तिम खेलमा आर्सनलले पीएसभीसँग र लेन्सले सेभियासँग खेल्ने तालिका रहेको छ।







डिसी नेपाल








Facebook Comment