रामचन्द्र पौडेलसँग लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका पदाधिकारीको भेट
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका चेयरपर्सन एवम् निवर्तमान अध्यक्ष ब्रायन इ सिहानसहित लायन्स इन्टरनेशनलका पदाधिकारीहरूले भेट गरेका छन्।
राष्ट्रपति भवन शितलनिवासमा शुक्रबार भएको सो भेटमा अध्यक्ष ब्रायनले जाजरकोटका भूकम्प प्रभावितहरूको लागि तत्कालै सहयोग गरेको र अब शिक्षा, स्वास्थ्य क्षेत्रमा भवनलगायतका संरचना निर्माणमा सहयोग गर्ने जानकारी गराएका थिए।
राष्ट्रपति पौडेलले लायन्सको मानवीय तथा नैतिक मूल्यसहितका सिद्धान्तबाट आफू प्रभावित भएको बताउँदै भूकम्पप्रभावितहरूको लागि लायन्सको सहयोगप्रति धन्यवाद व्यक्त गरेकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment