जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेशन वैशाखमा

डिसी नेपाल
१५ मंसिर २०८० १४:३७
28
Shares

काठमाडौं। सिके राउत नेतृत्वको जनमत पार्टीले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशन गर्ने भएको छ ।

दोस्रो महाधिवेशनको तयारी स्वरूप सो पार्टीले वडा देखी प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइ घोषणा गरेको हो ।

सो पार्टीका अध्यक्ष राउतका अनुसार हालै बसेको पार्टी सचिवालय बैठकले वडादेखि प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेअनुसार अधिवेशन तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ। जसका लागि प्रत्येक वडामा पर्यवेक्षक खटाइँदै छ।

वडा अधिवेशनपश्चात् माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत ३ गते एकैसाथ सबै जिल्ला अधिवेशन गरिने सो पार्टीले जनाएको छ ।

साथै, ०८१ वैशाख २४ गतेदेखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.