आइसीसी क्रिकेट वर्ल्डकप लिग-२ को पहिलो सिरिज काठमाडौंमा हुने
काठमाडौं। आइसीसी क्रिकेट वर्ल्ड कपअन्तर्गत लिग- २ को पहिलो सिरिज नेपालमा हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरीमा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिज काठमाडौँमा हुने जानकारी दिएको हो।
सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई-दुई खेल खेल्ने भएको हो।
यसअघि लिग -२ को खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै विश्वकप क्वालिफार्यस खेलेको थियो।
सन् २०२७ सम्म चल्ने लिग- २ मा नेपालसहित युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा खेल्दै छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment