एनसेलको सेयर खरिद बिक्री रोक्न उच्च अदालतको अल्पकालीन आदेश

डिसी नेपाल
२१ मंसिर २०८० १८:०९
36
Shares

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको सेयर खरिद बिक्री रोक्न अल्पकालीन आदेश जारी गरेको छ । गोकुलबहादुर रोकायाले एनसेलको शेयर खरिदबिक्रीको कारोबारलाई नेपालभित्र मान्यता नदिन माग गर्दै दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिस्ट्रार कार्यालयका नाममा आदेश जारी गरेको हो ।

अदालतले साउन २५ गते दुवै पक्षलाई २५ मंसिर छलफलका लागि बोलाएको छ । कम्पनी रजिस्ट्रार कार्यालयलाई खरिद बिक्री भएका एनसेलका सेयरहरु दर्ता किताबमा दर्ता नगर्न अदालतले आदेश दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.