राष्ट्रिय हित र जेनजी आन्दोलनले उठाएका मुद्धाहरुमा सहकार्य गर्न सधैं तयार छौं : सन्तोष परियार

डिसी नेपाल
१४ पुष २०८२ १९:२१
76
Shares

काठमाडौं। प्रगतिशिल लोकतान्त्रिक पार्टीमा गएका सन्तोष परियारले राष्ट्रिय हित र जेनजी आन्दोलनले उठाएका मुद्दाहरुमा सहकार्य गर्न सधैं तयार रहेको बताएका छन्।

सोमबार समानुपातिकको बन्द सूची दर्ता गर्न निर्वाचन आयोग पुगेका उनले मुद्दा, राष्ट्रिय हित, जनजीविकाको हिसाबमा विचार मिल्यो भने सहकार्य गर्नको लागि सहज हुने संगठनसँग सधैं सहकार्य गर्ने बताए।

उनले भने, ‘मुद्धा, राष्ट्रिय हित, जनजीविकाको हिसाबमा र पछिल्लो समय जेनजी आन्दोलनले उठाएका मुद्दाहरूमा सहकार्य गर्नको लागि हाम्रो संगठनलाई सहज हुने संगठनसँग हामी सधैं सहकार्य गर्छौं।’

यस्तै, उनले नेतृत्व एकदम समावेशी, सामुहिक भएको हुनाले समानुपातिकको बन्द सूची तयार गर्न असहज नभएको बताए।

उनले भने, ‘हाम्रो नेतृत्व एकदम समावेशी, सामुहिक र हामी आफै पनि समावेशि भएको कारण समानुपातिक निर्वाचन प्रणालीको जुन विभाजन छ त्यसको लागि हामी पहिलै देखि तयारीमा थियौं। त्यसकारण हाम्रो लागि खासै असहज भएन।’

उनले रास्वपा र बालेनको सहकार्य देश र जनताको हितमा रहोस भन्दै सहकार्य गर्ने कुरामा छलफल भयो भने नगर्नुपर्ने ठाँउ कतै नरहेको पनि बताए।

उनले भने, ‘रास्वपा र बालेनजीको जुन सहकार्य छ त्यो सहकार्य देश र जनताको हितमा रहोस हाम्रो शुभकामना छ। सहकार्य गर्ने कुरामा छलफल भएको छैन्, यदि भयो र सहकार्य गर्नै पर्ने भयो भने नगर्नुपर्ने ठाँउ पनि कतै छैन।’

जेनजीको धेरै नेतृत्व नै आफ्नो पार्टीमा रहेको भन्दै त्यसकारण समानुपातिक सूचीमा पनि सबैभन्दा बढि जेनजी प्रतिनिधि आफ्नै पार्टीमा रहेको पनि उनको भनाई छ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *