पर्सालाई हराउँदै पुलिसले जित्यो प्रो क्लबको उपाधि
काठमाडौं । नेपाल पुलिस क्लबले वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले पर्सा– ११ लाई १०० रनले परजित गर्दै उपाधि जितेको हो।
नेपाल पुलिसले दिएको १४६ रनको लक्ष्य पछाएको पर्सा ११ ओभरमा केवल ४५ रन बनाएर अल आउट भएको थियो।
पर्साका लागि अनिल शाहले सर्बाधिक १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। पर्साको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा पुलिसका सागर ढकालले सर्वाधिक ४ विकेट लिएका थिए भने ललित राजबंशी र रशिद खानले २–२ विकेट लिएका थिए। त्यस्तै करण केसी र शेर मल्लले एक एक विकेट लिएका थिए।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पुलिसका लागि करण केसीले विस्फोटक १७ बलमा ४० रन बनाएका थिए भने अर्जुन साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ र कप्तान आसिफ सेखले १६ रन बनाएका थिए।
यस खेलमा पर्साका नियमित कप्तान सन्दीप लामिछाने खेलेका थिएनन्।







डिसी नेपाल







Facebook Comment