म्यानचेस्टर सिटीको जितमा रोड्रीगो र अल्भारेजको गोल
काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो।
म्यानचेस्टर सिटीको जितमा रोड्रीगो र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए।
यो म्यानचेस्टर सिटीको यस सिजनमा १२औं जित हो। १९ खेलमा ४० अंक भएको म्यानचेस्टर सिटी यो जितपछि तेस्रो स्थानमा उक्लिएको छ। समान ४० अंक रहेको आर्सनल गोल अन्तरको आधारमा चौथो स्थानमा झरेको छ।
त्यसैगरी शेफिल्ड युनाइटेडको भने यो यस सिजनमा १५औं हार हो। २० खेलमा ९ अंक रहेको शेफिल्ड अंक तालिकामा पुछारमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment