नोट्टीङ्घमले म्यानचेस्टर युनाइटेडलाई २-१ ले हरायो
काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा नोट्टीङ्घम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
नोट्टीङघमको जितमा निकोलस डोमिनगेज र् मोर्गन गिब्सले एक एक गोल गरेका थिए। त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि एक गोल मार्कस राशफोर्डले गरेका थिए। यो जितपछि नोट्टीङघम फोरेस्टको २० खेलमा २० अंक भएको छ र लिगमा १५औं स्थानमा उक्लिएको छ।
त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा नवौं हार हो। २० खेलमा ३१ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा सातौं स्थानमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment