बागमतीलाई हराउँदै सुदूरपश्चिम प्रदेश दोस्रो क्वालिफायरमा

डिसी नेपाल
१५ पुष २०८० १७:०२
16
Shares

काठमाडौं। सुदूरपश्चिम प्रदेश जारी प्रधानमन्त्री कप महिला टी- २० को दोस्रो क्वालिफायरमा पुगेको छ ।

आइतबार सम्पन्न इलिमिनेटरमा बागमती प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश दोस्रो क्वालिफायरमा पुगेको हो ।

बागमती प्रदेशले दिएको १०० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १४.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै बागमती प्रदेशले १९ ओभरमा अल आउट हुँदै ९९ रन मात्र बनाएको थियो । यो हारसँगै बागमती प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै यस खेलको विजेता सुदूरपश्चिम प्रदेशले भने अब दोस्रो क्वालिफायरमा कोशी प्रदेशको सामना गर्ने छ ।

दोस्रो क्वालिफायर खेल सोमबार हुने छ । त्यस्तै दोस्रो क्वालिफायरको विजेताले फाइनलमा एपीएफको सामना गर्ने छ । फाइनल खेल बुधबार हुने तालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.