न्यूक्यासलमाथि लिभरपुल ४-२ ले विजयी
काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासल युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने कार्टिस जोन्स र् कोडी गाक्पोले एक एक गोल गरेका थिए।
त्यसैगरी न्यूक्यासलका लागि एल्जान्डर इसक र सभेन बोटम्यानले एक एक गोल गरेका थिए।
यो यस सिजनमा लिभरपुलको १३औं जित हो। यो जितपछि लिभरपुलको २० खेलमा ४५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ। लिभरपुलले यो जितपछि दोस्रो स्थानमा रहेको एस्टन भिल्लासँग ३ अंकको स्पष्ट अग्रता हासिल गरेको छ।
त्यसैगरी न्यूक्यासल युनाइटेडको भने यो यस सिजनमा नवौं हार हो। २० खेलमा २९ अंक रहेको न्यूक्यासल लिगमा नवौं स्थानमा रहेको छ।







डिसी नेपाल







Facebook Comment