टेस्ट क्रिकेट : दक्षिण अफ्रिकाले भारतलाई दियो ७९ रनको लक्ष्य

डिसी नेपाल
१९ पुष २०८० १६:१४
192
Shares

काठमाडौं। जारी दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ७९ रनको लक्ष्य पाएको छ । टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिंगमा दक्षिण अफ्रिका १७६ रन बनाएर अलआउट भएपछि भारतले ७९ रनको लक्ष्य पाएको हो ।

दक्षिण अफ्रीकाका लागि एडेन मार्क्रमले १०६ रनको शतकीय पारी खेलेका थिए । उनलाई अन्य ब्याट्सम्यानले साथ दिएका थिएनन् ।

त्यस्तै भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ६ विकेट लिएका थिए भने मुकेश कुमारले २ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज र प्रसिद्ध कृष्णले एक एक विकेट लिएका थिए ।

यसअघि दक्षिण अफ्रिका पहिलो इनिंगमा ५५ रनमा अल आउट भएको थियो भने भारतले १५३ रन बनाएको थियो ।

अब भारतले दोस्रो टेस्ट जित्न ७९ रन आवश्यक रहेको छ ।  २ खेलको सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.