लस पलमासविरुद्ध बार्सिलोनाको संघर्षपूर्ण जित

डिसी नेपाल
२० पुष २०८० ९:०३
88
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लस पलमासविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा बर्सिलिनाले लस पलमसलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाका लागि खेलको ९३औं मिनेटमा इके गुनडोगानले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै जित दिलाएका थिए। यसअघि लस पालमसले खेलको १२औं मिनेटमा मुनिर एल हाड्डाडीको गोलमा शुरुवाती अग्रता लिएर बार्सिलोनालाई दबाबमा राखेको थियो । त्यसपछि बार्सिलोनाका लागि फेरान टोरेजले खेलको ५५औं मिनेटमा गोल गर्दै खेलमा फर्काएका थिए।

यस खेलमा लस पलमासका डाले सिंकगराभेनले खेलको ९१औ मिनेटमा रातो कार्ड पाएका थिए।

यो जितपछि बार्सिलोनाको १९ खेलमा ४१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै लस पलमासको भने १९ खेलमा २५ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.