सत्ता गठबन्धनको बैठक : राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने सहमति

दिपा पौड्याल
२१ पुष २०८० १३:३२
344
Shares

काठमाडौं।सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्ने सम्भावना नभएको बताएको छ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकमा एमालेसँग सहकार्य नगर्ने समझदारी भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

नेता लेखकका अनुसार ११ माघमा १९ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको छ।

सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि शनिबार दिउँसो ४ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच छलफल हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.