केन्द्रीय बैंकले १५ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै

डिसी नेपाल
२९ पुष २०८० १२:५३
44
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। बैंकले २८ दिन र ९१ दिनको लागि १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। मंगलबार माघ २ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ।

केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको र यो ट्रेजरी बिल फागुन १ गते परिपक्व हुनेछ।

यसैगरी, ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने र यो ट्रेजरी बिल २०८१ बैशाख ४ गते परिपक्व हुन लागेको हो।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *