गुराँस लघुवित्तको नाफा बढ्यो
काठमाडौं। गुराँस लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बढेको छ । कम्पनीले ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको तथा खराब कर्जा घटेकाले खुद नाफा प्रभावित भएको हो ।
अघिल्लो वर्षको यसैअवधिमा यसले २ लाख ४७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी २८.७९ प्रतिशतले बढेर २ करोड ८९ लाख १७ हजार रुपैयाँ पुगेको र सञ्चालन नाफा ७९ लाख ७६ हजार रुपैयाँ छ । यसैगरी पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा ०.५२ प्रतिशतले घटेर ३.७५ प्रतिशतमा आएको छ।
प्रतिसेयर आम्दानी १५ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ६७ पैसा छ । चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment