सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको बिहीबार साधारण सभा
काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज बिहिान ११ बजे साधारण सभा बस्दैछ।
सभा, आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा बस्दैछ। सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव नरहेको जनाएको छ जसकारण सेयरधनीहरुको हात भने खाली रहने छ।
सभामा २०७८–७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ। त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्नेछ।
सभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ, पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment