हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा माघ १८ गते, लगानीकर्ताको हात खाली

डिसी नेपाल
१६ माघ २०८० ८:४९
4
Shares

काठमाडौं, १६ माघ । हिमालयन लाइफ इन्स्योरेन्सको बिहीबार माघ १८ गते साधारण सभा बस्दैछ। सभा, सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्ताहरुका लागि लाभांश वितरण नगर्ने भएको छ। सभामा आर्थिक वर्ष २०७८–७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ।

हिमालयन लाइफ इन्स्योरेन्समा साविकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएका हुन्। हिमालयनले आर्थिक वर्ष २०७८–७९ को सञ्चित नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

लाभांशबिनै सभामार्फत सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट पनि ३ जना सञ्चालकहरुको निर्वाचन हुनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, माघ २ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *