लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्न दुई कम्पनीबीच सम्झौता

डिसी नेपाल
१६ माघ २०८० ९:२४
40
Shares

काठमाडौं, १६ माघ । लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । आइपीओ जारी गर्नका लागि सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा लक्ष्मी टेक्नो प्लाष्टका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम थप गरेर १४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो । आइपीओ निष्कासनका लागि यस कम्पनीले नेपाल एसबीआई मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

लक्ष्मी टेक्नो प्लाष्टले सीपीभीसी-पीभीसी पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका सामानहरु उत्पादन गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *