शौर्य सिमेन्ट र स्काइ होल्डिङद्वारा निर्माण व्यवसायीहरुसँग अन्तरक्रिया

डिसी नेपाल
१८ माघ २०८० ११:५३
32
Shares

काठमाडौं । शौर्य सिमेन्ट ई. लिमिटेड र स्काइ होल्डिङ बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न भएको छ। उक्त कार्यक्रम स्काई होल्डिङ ग्रुपका सल्लाहकार युवक राजभण्डारीको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्णप्रसाद अवाल, शौर्य सिमेन्टका ब्राण्ड प्रवन्धक अनुज महत, क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायत प्राविधिक प्रमुख दिवस देवकोटा एवम् भक्तपुरका विभिन्न निर्माण क्षेत्रमा कार्यरत कन्ट्रयाक्टरहरुले भक्तपुरमा निर्माण हुने भौतिक संरचनामा निर्माण सामाग्रीको छनौट, बिक्री वितरण, प्रविधि मैत्री निर्माण सामग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा शौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादनका क्रममा गरिने परीक्षण प्रविधि, वातावरण मैत्री प्राविधिक जानकारी एवम् शौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यवसायिक उत्तरदायित्वका कार्यहरुको पनि जानकारी गराइएको थियो ।

कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायतले भक्तपुरका बासिन्दाहरुलाई सुपथ मूल्यका साथै सहज रुपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुपसँग साझेदारी गरिएको जानकारी गराए । निर्माण व्यवसायीहरुले देशमा आर्थिक संकटको कारणले सबै निर्माण व्यवसायीहरू असहज अवस्थामा रहेको र उत्पादक कम्पनीहरुद्वारा सहजीकरणको अपेक्षा रहेको बताए ।

शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेड सिराहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्टको उत्पादन क्षमता ४५०० मेट्रिक टन रहेको छ र दैनिक रुपमा ८० हजार बोरा सिमेन्ट उत्पादन गर्दछ । यो नेपालकै उत्कृष्ट र सबैभन्दा ठूलो सिमेन्ट उत्पादकमध्ये एक रहेको छ । कम्पनीद्वारा ४३÷५३ ग्रेड ओ. पि. सि., पि. पि. सि. सिमेन्ट उत्पादन र बिक्री वितरण गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *