इन्फिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो

डिसी नेपाल
१९ माघ २०८० १०:५९
24
Shares

काठमाडौं। खुद ब्याज आम्दानीमा गिरावट आएपछि इन्फिनिटी लघुवित्तको खुद नाफा ६३ प्रतिशतले घटेको छ । लघुवित्तले सार्वजनीक गरेको

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्फिनिटी लघुवित्तको खुद नाफा १ करोड १४ लाख ८९ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको यसै अवधिमा रहेको ४ करोड १० लाख रुपैयाँको तुलनामा ६३.५५ प्रतिशत थोरै हो।

यसअवधिमा खुद ब्याज आम्दानी २८.६५ प्रतिशतले घटेर १० करोड ८९ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको ब्याज आम्दानी नै घटेपछि नाफा प्रभावित बनेको छ ।

ब्याज आम्दानीसँगै खुद फि तथा कमिसन आम्दानी पनि ३१।०७ प्रतिशतले घटेर ४ करोड १० लाख रुपैयाँमा आएपछि खुद नाफामा गिरावट आएको हो । यसको रिजर्भ कोषमा भने ३८।२९ प्रतिशत वृद्धि भएको छ ।

खराब कर्जा ४।९५ प्रतिशतमा स्थिर रहेको छ । यता, खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि १३।८१ रुपैयाँले घटेर ६।०२ रुपैयाँमा सीमित भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *