सदनलाई सत्ता टिकाउने माध्यममात्रै बनाए रास्वपाले खबरदारी गर्छ : सभापति लामिछाने

डिसी नेपाल
२२ माघ २०८० १८:३६
32
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सदनलाई सत्ता टिकाउने माध्यममात्रै बनाए रास्वपाले कडा खबरदारी गर्ने बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले अहिलेको अधिवेशनमा जनताको जनजिविकासम्बन्धी विधेयकहरुलाई सरकारले प्राथमिकता दिनुपर्ने भन्दै त्यसो हुन नसके रास्वपाले कडा खबरदारी गर्ने बताएका हुन् ।

त्यस्तै उनले संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानूनहरुलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राखे । सरकारले जनचासोका बिधेयकहरु सदनमा ल्याउन नसके रास्वापाका सांसदहरुले निजि विधेयकहरु सदनमा लैजाने उनले बताए ।

उनले सदनलाई जनउत्तरदायि बनाउन रास्वपाले प्रभावकारी भूमिका खेल्ने धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.