पूर्वमन्त्री गुप्तालाई थुनामा राख्न अदालतको आदेश
काठमाडौं । विशेष अदालतले भ्रष्टाचार आरोप खेपेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ।
उनी बुधबार विशेष अदालतमा उपस्थित भएका थिए। उनको बयानपछि थुनछेक बहस भएकोमा विशेष अदालतले थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनु पर्ने आदेश गरेको हो।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment