सरकारले त्रिभुवन विमानस्थललाई लथालिंग बनायो : सांसद ढकाल

डिसी नेपाल
२४ माघ २०८० १३:३३
132
Shares

काठमाडाैं। प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाइ सरकारले लथालिंग र भताभुंग बनाउँदै लागेको दाबी गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले देशमा चौतर्फी फैलिरहेको अस्तब्यस्ताकाबीच संसद्को तेश्रो अधिबेशनमा सहभागी हुनु परेकाे भन्दै सरकारकै आडमा बिमानस्थलमा कर्मचारी समेतको मिलोमतोमा निर्बाध सुन तस्करीको घटना सेलाउन नपाउँदै घुस लिएर भिजिट भिसामा मानब तस्करी गरेको आरोपमा अध्यागमनका कर्मचारी पक्राउ परेका र विमानस्थलमै प्रमुख अध्यागमन अधिकृत नै प्रहरीद्वारा कुटिएको बारे संसदमा आबाज उठाएका छन्।

पूर्वमन्त्री समेत रहेका ढकालले बिमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरी बीचको द्वन्द्वको उजागर गरे।

“मोटो रकम असुल गरि अध्यागमन कर्मचारीले अबैध तरिकाले भिजिट भिसामा युबाहरु विदेश पठाउने गरेको प्रहरीको आरोप र प्रहरी आफै गेटमा बसेर बार्गेनिङ गरेर रकम पाए पठाउछन् र नपाए रोक्छन भनि अध्यागमन कर्मचारीले प्रहरीलाई आरोप लगाएको पनि उनले बताए।

सांसद ढकालले अन्तर्राष्ट्रिय विमानस्थल देशको प्रतिष्ठासंग जोडिएको एक अति संबेदनशील स्थान र देशको प्रमुख नाका वा सिमाना जस्तो भएकोले सम्पूर्ण काम कारबाही पारदर्शी, विश्वासयोग्य, सुरक्षित र अन्तराष्ट्रिय मापदण्ड बमोजिम हुनु पर्छ भनि सरकारको गम्भीर ध्यानाकर्षण गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.