माओवादी स्थायी समिति बैठक : विधानको मस्यौदामाथि छलफल हुँदै

डिसी नेपाल
२६ माघ २०८० १२:१३
24
Shares

काठमाडौं। सत्तारुढ नेकपा(माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्न लागेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ३ बजेदेखि बस्ने बैठकमा विधानको मस्यौदामाथि छलफल हुने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।

यसअघि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा विधान मस्यौदा लेखनका लागि गठित कार्यदलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  मस्यौदा हस्तान्तरण गरिसकेको छ। सोही मस्यौदामाथि उपमहासचिव जनार्दन शर्माले पूरक प्रस्ताव पेश गरेका छन् ।

माओवादीले भुसालको नेतृत्वमा पुस ५ गते सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो । जसमा शर्मासहित महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन,गणेश शाह र राम कार्की रहेका थिए।

उपमहासचिव शर्माले पार्टीको नाम परिवर्तनदेखि विभिन्न तहगत कमिटीहरुलाई स्वायत्तता प्रदान गरिनुपर्ने, आन्तरिक लोकतन्त्रको अभ्यास गरेर नेतृत्व चयन गर्नुपर्ने लगायतका ९ बुँदा पूरक प्रस्तावका रुपमा पेश गरेको छन्।

आजको स्थायी समिति बैठकमा प्रस्तावित विधानको मस्यौदा र शर्माको पूरक प्रस्ताबका विषयमा छलफल हुने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.