मन्त्री खरेलद्वारा ज्यापू सङ्ग्रहालयको अवलोकन
ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यहाँस्थित ज्यापु सङ्ग्रहालयको अवलोकन गरेका छन्।
बुधबार साँझ मन्त्री खरेलले सङ्ग्रहालयको अवलोकनका साथै ज्यापु समाजका पदाधिकारीहरूसँग छलफल गरेका हुन्।
“आफ्नो मौलिकता र सौन्दर्यले भरिपूर्ण यो सङ्ग्रहालयको महत महत्व छ, मौलिक कला, संस्कृति र सभ्यतामा धनी ज्यापु समुदायले माटोप्रति दर्शाएको मायालाई प्रचारप्रसार गर्दै हामीले हाम्रो आत्मीयता, आपसी सद्भावलाई विश्वसामु परिचित गराउनुपर्छ,” मन्त्री खरेलले भने।
त्यसअघि समाजका अध्यक्ष सन्तमान महर्जनलगायत समाजका पदाधिकारीले मन्त्री खरेलको स्वागत गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment